Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) |

माघ ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा विरोध प्रदर्शन र सभा आयोजना गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाकेन्द्रित ठूलो सभा आयोजना गरिएको हो ।
यसका लागि उपत्यकामा विभिन्न १० स्थानबाट जुलुस निकालिएको छ । जुलुस बसपार्कअगाडि पुगेर सभामा परिणत हुँदै छ । जुलुसको नेतृत्व स्थायी कमिटी सदस्यहरूले गरेका छन् ।
सभालाई अध्यक्षद्वय प्रचण्ड, नेपाल, घनश्याम भुसाललगायतले सम्बोधन गर्ने बताइएको छ ।
गएको पुस १४ गते राष्ट्रियसभा गृहअघिल्तिर सभाको आयोजना गरिएको थियो । त्यसो हुँदा प्रदर्शनीमार्गको बाटो अवरूद्ध हुन पुगेको थियो । यसपटक रत्नपार्क–भद्रकाली सडकखन्डको मूल सडक नै थुनेर सभा आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय