Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

माघ ९ । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कुल १८ अर्ब तीन करोड २६ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सो अवधिमा भन्सारले २३ अर्ब छ करोड ८३ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
कार्यालयले लक्ष्यमा पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार रुपैयाँ कम संकलन गरी समग्रमा ७८।१७ प्रतिशत प्रगति गरेको जनाएको छ ।
गएको वर्षमा सो अवधिमा २६ अर्ब पाँच लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्यमा १५ अर्ब ८५ करोड ६१ लाख १५ राजस्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले लक्ष्यमा नौ अर्ब ८१ करोड २८ लाख ३६ हजार रुपैयाँ राजस्व कम संकलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो ।
चालु आवमा गएको वर्षमा सो अवधिमा संकलित राजस्वभन्दा दुई अर्ब १७ करोड ६५ लाख छ हजारले बढी राजस्व संकलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय