Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

८ माघ । नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै पौडेलले सर्वोच्च अदालतको फैसला भने स्वीकार गर्ने बताए ।
‘सर्वोच्च अदालतप्रति विश्वास छ, जे निर्णय गर्छ, स्वीकार्छौं’, पौडेलले भने । तर, अदालतमा प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने दलील पेश भइरहेको उनले बताए । सदनको बहुमतको समर्थन रहेकै बेला प्रधानमन्त्रीले संसद् विघटन गरेकाले पुनर्स्थापना नहुने पौडेलको तर्क छ ।
पुनर्स्थापना हुँदा पनि नयाँ सरकार संसद्ले दिन नसक्ने भएकाले ताजा जनादेशमा जानुको विकल्प नभएको पौडेलको भनाइ छ । आगामी निर्वाचनबाट ओली समूहको नेकपाले बहुमत ल्याउने दावी गरे ।
तर, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह चुनावसँग डराइरहेको उनले बताए । निर्वाचन आयोगले चुनावी प्रक्रिया रोक्न नमिल्ने पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय