Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

माघ ६। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले सहज जित निकालेको छ । मंगलबार भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ५ विकेटले हराएको हो ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।
कर्णालीका लागि हिमान्सु शाहीले अर्धशतकीय पारी खेले । ६० बल खेलेका उनले ७ चौकाको सहयोगमा ६८ रन बनाए । त्यस्तै, विपीन रावलले ४९ रन जोड्दा राज शाह ३२ र हेमन्त ओलीले २९ रनको योगदान गरे ।
बलिङतर्फ गण्डकीका लागि विपीन खत्रीले सर्वाधिक ४ विकेट लिए । उनले यसअघिको खेलमा पनि ह्याट्रिकसहित ४ विकेट लिएका थिए । त्यस्तै, सुवास भण्डारीले एक विकेट झारे ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।
गण्डकीका लागि राहुल उपाध्यायले अर्धशतकीय पारी खेले । ६४ बल खेलेका उनले ६ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै, अर्जुन कुमालले ४६ रन बनाउँदा विपीन खत्रीले ३२ रनको योगदान गरे ।
जितसँगै कर्णालीको दुई खेलबाट २ अंक भएको छ । पराजित गण्डकीको तीन खेलबाट २ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय