Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

६ माघ । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । आज बिहान सवा ७ बजेट ल्हासाका लागि जहाज उडेको कम्पनीले जनाएको छ ।
ल्हासा संसारकै सबैभन्दा उचाईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल मानिन्छ । सफल परीक्षण उडानपछि यस रुटमा नियमित उडानको योजना रहेको कम्पनीको भनाइ छ ।
बिहान त्रिभुवन विमानस्थलबाट उडेको जहाज ल्हासागोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे (स्थानीय समयमा अवतरण गरेको थियो । यो जहाज ल्हासाबाट स्थानीय समयअनुसार अपरान्ह ३ बजे उड्नेछ । काठमाडौंमा स्थानीय समयअनुसार २ बजेट अवतरणको योजना बनाइएको छ ।
ल्हासा नै उडान गर्न कम्पनीले भित्र्याएको ए३१९(११ न्यारोबडी जहाज परीक्षण उडानमा प्रयोग गरिएको छ । यस जहाजमा १२० इकोनोमी र ८ विजिनेस क्लास सिट छन् । यो जहाज अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गमा सञ्चालन गर्न सक्ने क्षमताको हो ।
ल्हासास्थित विमानस्थल रहेको स्थान ३,५७० मीटर अर्थात् ११ हजार ७११ फिट उचाइमा छ । कम्पनीका प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठका अनुसार ल्हासागोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने हिमालय पहिलो र एक मात्र अन्तराष्ट्रिय वायुसेवा कम्पनी बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय