Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

माघ ६ । चितवनको भरतपुरमा रहेको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भित्र थप व्यवस्थित अस्पताल बन्ने भएको छ । भरतपुरमा रहेको पशु सेवा विज्ञ केन्द्रभित्र नयाँ स्वरुपको भेटिनरी अस्पताल सञ्चालनमा आउन लागेको हो । भेटिनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्र चितवनका प्रमुख पशु चिकित्सक डा दयाराम चापागाईका अनुसार केन्द्रमा नै रहेको पुरानो भवनलाई मर्मत गरेर थप व्यवस्थित भेटिनरी अस्पताल बनाउन लागिएको हो । उक्त अस्पताल फागुनको अन्तिमसम्ममा सञ्चालनमा आउन लागेको उहाँले बताउनुभयो । भेटिनरी अस्पतालका लागि सरकारले २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सो अस्पतालमा उपचार कक्षसहितको प्रयोगशाला अल्ट्रासाउण्ड प्रयोगमा ल्याउने साथै एक्सरे मेसिन पनि राखिने केन्द्रका प्रमुख डा चापागाईले बताउनुभयो । केन्द्रभित्र नै रहेको भवनमा बन्न लागेको उक्त भेटिनरी अस्पतालमा रोग पहिचान गर्नेलगायत व्यवस्थित तालिम हल पनि बन्ने भएको छ । गत वर्ष नेपाल सरकारद्वारा केन्द्रमा उपलब्ध गराएका सामग्रीलाई नै परिचालन गरी अस्पतालको सेवालाई थप व्यवस्थित एवं प्रभावकारी बनाइने केन्द्रका प्रमुख डा चापागाईले जानकारी दिनुभयो ।
‘सामान्य रुपमा अहिले केन्द्रले पशुको गोबर र दूध परीक्षण गर्दै आएकोमा अब अस्पताल बनेपछि थप सेवासुविधा दिनेछौँ’ डा चापागाईले भन्नुभयो । साथै अस्पताल बनेपछि पशु औषधिको प्रभावकारिता पनि परीक्षण हुनेछ । पशुलाई कस्तो औषधि दिने, कसरी खुवाउने भन्ने बारेमा पनि जानकारी दिने चापागाईले बताउनुभयो ।
पशुपालन क्षेत्रको व्यवसायीकरण तथा पशु स्वास्थ्य सेवामा निरन्तर लागेको केन्द्रले पछिल्लो समय कृषक तथा पशुपालन व्यवसायीको हितमा काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केन्द्रले किसानको सेवा, सुविधाका लागि थप सामानहरु पनि माग गरेको छ ।’ केन्द्रले रगत परीक्षण र जीवाणु परीक्षणको लागि मेसिनको माग गरेको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय