Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

पौष २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तहमा पुँजीगत खर्च बढाउने वातावरण बनाउन नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् ।
मन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जू र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरुमा पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह आग्रह गरेका हुन् । अर्थ मन्त्रालयका अनुसार स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । उनले खर्च हुन बाँकी रहेको रकम खर्च गरेर स्थानीय तहमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरे ।
अर्थमन्त्री पौडेलले कोभिड १९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि आग्रह गर्दै प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गर्न पनि आग्रह गरे ।
अर्थमन्त्री पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा। शिवमाया तुम्बाहाङफे, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जूसहितको बैठकमा भूमिसम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १९३ पालिकासँग सम्झौता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। तुम्बाहाङफेले बाँकी रहेका पालिकाहरुमा सम्झौता गर्ने र काम सुरु गर्ने पनि जानकारी गराइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय