Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) |

पौष २३ । रुसका १० लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरसविरुद्धको खोप स्पुतनिक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएकोसम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटरमार्फत् सार्वजनिक गरेको हो ।
कोरोनाभाइरसविरुद्धको खोप विकास गरिएको दाबी गर्नेमा रुस सबैभन्दा अगाडि थियो । जसले अगस्ट ११ मा खोप विकास गरिएको घोषणा गरेको थियो । त्यसपछि अन्य देशहरूले पनि विकास गरेको घोषणा गरेका थिए ।
खोपको प्रयोग भने सबैभन्दा पहिला बेलायतमा गरिएको घोषणा गरिएको थियो । त्यसपछि अरु देशहरूले पनि प्रयोगमा ल्याउने निर्णय गरेका थिए । तर, अहिलेसम्मका सबै खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सुझाव दिइएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा विकास गरिएको खोप स्पुतनिक भी ९५ प्रतिशतसम्म प्रभावकारी भएको यसअघि नै बताएका थिए । रुसकै केही स्वास्थ्य विशेषज्ञहरूले त यो खोप ९६ देखि ९७ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरेको पनि ट्वीटमा उल्लेख गरिएको छ ।
रुसी अरू विज्ञ अधिकारीहरूले पनि कोरोनाविरुद्धका अन्य खोपको तुलनामा स्पुतनिक भी बढी प्रभावकारी भएको दाबी गर्ने गरेका छन् । कोरोनाविरुद्धको खोप लगाउनेक्रम चलिरहे पनि रुसमा सङ्क्रमित भएकाहरू थपिनेक्रम पनि चलिरहेकै छ ।
कोरोनाकै कारण धेरै मानिस प्रभावित भएको मुलुकको सूचीमा रुस चौथो अग्रपंक्तिमा रहेको छ । रुसमा अहिलेसम्म ३३ लाख आठ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ५९ हजार ९५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
विश्वभरि महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभरि अहिलेसम्म आठ करोड ६० लाखभन्दा बढी मनिस सङ्क्रमित भएका छन् । कोरोनाका कारण विश्वभरि अहिलेसम्म १८ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय