Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

२१ पुस। कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा सोमबार बेलुकी अवैध रुख कटानको प्रयास गर्दा नेपाली नागरिकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको छानविनका क्रममा रुख कटानका लागि गएका वेला भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको पाइएको हो ।
कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार भारतीय पक्षले गोली चलाउँदा छर्रा लागेर दोधारा चाँदनी नगरपालिका–१, बलयलबन्द स्याउले टोलका १६ वर्षीय नरेश सुनार घाइते भएका छन् ।
‘घटनास्थलमा एउटा रुख काट्दै गरेको पनि देखिएको छ, फलामको आरा पनि त्यहीँ छ’, थापाले भनेका छन्, ‘त्यसैले भारतीय पक्षको दाबी बलियो देखिएको छ ।’
घाइते सुनारलाई गएराति नै प्रहरीले महाकाली अस्पताल भर्ना गरेको छ । सुनारले भने बजारबाट सामान किनेर फर्कँदै गरेको अवस्थामा आफूमाथि गोली प्रहार भएको दाबी गरेका छन् ।
काठ तस्करीमा घाइते सुनार बाहेक अन्य दुई जनामा संलग्न नदेखिएको प्रहरीले जनाएको छ । मंगलबार मंगलबार बिहान सम्पर्कमा आएका सोही ठाउँमा बब्लु चन्दको बयानका आधारमा पनि उनीहरू रुख फडानी गर्न गएको बुझिएको थापाले बताए ।
घटनास्थलको अनुगमनमा गएको टोलीले पनि वन फडानी भइरहेको जानकारी पाएको थियो । ‘यहाँ धेरै रुख काटिएका छन्’, दोधारा चाँदनी नगरपालिका मेयर वीरबहादुर सुनारले भने, ‘हामी पुगेर हेर्दा बन फडानी रोक्दा उनी घाइते भएको देखिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय