Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

पौष १४ । संसद् विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमले पूर्वमाओवादी नेता मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’लाई एकै मोर्चामा ल्याएको छ ।
वैद्य र विप्लव दुवैले संविधानको विरोध गर्दै आएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको पछिल्ला कदमविरुद्ध चार पार्टीले रणनीतिक संयुक्त मोर्चा गठन गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, कम्युनिस्ट पार्टी नेपालले संसद् विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
चारओटै पार्टीले संसद् विघटन वैदेशिक शक्तिको आढ र भरोसामा भएको निष्कर्ष निकालेका छन् ।
देश र जनताको समस्या संसद् पुनःस्थापना या मध्यावधि निर्वाचनबाट हुन नसक्ने भन्दै संयुक्त मोर्चाले आफ्ना कार्यक्रम घोषणा गर्ने जनाएको छ
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकामाथि संकट थोपर्दै आएको उनीहरुको ठहर छ ।
विप्लव नेतृत्वको पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएको छ भने उनी भूमिगत छन् । विप्लव, वैद्य नेतृत्वको पार्टीबाटै छुट्टिएर गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय