Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

पौष १३ । कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र सीसीएमसीले चलचित्र क्षेत्रलाई राहत प्याकेज उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।
कोरोनाका कारण लामो समय ठूलो समस्यामा परेका होटल, पर्यटन, हवाई उडानलगायत विभिन्न क्षेत्रलाई सरकारले राहत प्याकेज उपलब्ध गराए पनि चलचित्र क्षेत्र छुटेको भन्दै आवश्यक संबोधन गर्न सीसीएमसीले अर्थ मन्त्रालयलाई आग्रह गरेको हो ।
चलचित्र विकास बोर्ड र चलचित्र संघले आग्रह गरे अनुसार अर्थ मन्त्रालयलाई आवश्यक निर्णयका लागि सीसीएमसीले अर्थ मन्त्रालयलाई पत्र लेखेको हो । बोर्ड र संघले चलचित्र क्षेत्रलाई कोरोना अति प्रभावित क्षेत्रमा राख्न तालुकदार मन्त्रालय सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयसँग माग गरेको थियो ।
चलचित्र संघका अध्यक्ष आकाश अधिकारीले आफूले केही दिन अगाडि अर्थ मन्त्री विष्णु पौडेललाई भेटेर चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राख्न आग्रह गरेका थिए । उक्त भेटमा मन्त्री पौडेलले आफूलाई चलचित्र क्षेत्र सरकारले उपलब्ध गराएको राहत तथा सुविधा कार्यक्रमबाट छुटेको महसुस गरेको बताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय