Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

काठमाडौं, मंसिर २४ । बजारमा अहिले विभिन्न संस्थाले प्रयोगमा ल्याएको नयाँ उपकरण क्यूआर कोडबाट हुने भुक्तानीको कारोबार बढ्दै गएको छ ।

एकै महीनामै क्यूआर कोडबाट थप ८५ हजार ९ सय ७५ को संख्यामा रू ३२ करोड १० लाख कारोबार भएको छ । गत असोजमा मात्रै २ लाख ६५ हजारको संख्यामा रू ९६ करोड ९० लाख बराबर यस्तो कारोबार भएको थियो । गत भदौमा यस्तो कारोबार १ लाख ७९ हजारको संख्यामा रू। ६४ अर्ब ८० लाख भएको छ ।

पछिल्लो समय क्यूआरबाट भुक्तानी बढ्दै गएकाले यसलाई थप व्यवस्थित र एकरूपता बनाउन नेपाल राष्ट्र बैंकले तयारी गरिरहेकोे छ । कारोबार संख्या बढेसँगै थप व्यवस्थित र एकरूपता कायम गर्न तयारी गर्न लागेको राष्ट्र बैंकले बताएको छ ।

केन्द्रीय बैंकले अन्तरराष्ट्रिय स्तरमा भएका मापदण्डलाई आधार मानेर थप व्यवस्थित गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार अन्तरराष्ट्रिय अभ्यासमा क्यूआर कोडमा को मान्छेले, कहिले, कुन ठाउँ र कुन मर्चेन्टबाट स्क्यान गरेको, कुन मोबाइलबाट, कुन खाताबाट कति रकम घट्यो र त्यसको पीएसओ सञ्चालक को हो र कारोबार गर्ने व्यक्तिको तीनपुस्ते ग्राहक पहिचान (केवाईसी) लगायत विस्तृत विवरण देखिने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय