Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अवकाश प्राप्त सैन्य जनरल लोयड अस्टिनलाई आफ्नो नयाँ रक्षा सचिव छनौट गरेको रोयटर्सले जनाएको छ।

अस्टिनले बराक ओबामाको कार्यकालमा मध्यपूर्वमा अमेरिकी सेनाको नेतृत्व गरेका थिए।

रोयटर्सले बाइडनको निर्णयसँग जानकार दुई जनाको हवाला दिदैं लेखेको समाचार अनुसार भएमा अस्टिन अमेरिकी इतिहासमा यो पदमा पुग्ने पहिलो अश्वेत अमेरिकी हुनेछन्। यस पदका लागि रक्षा विभागकी पूर्व उच्च कर्मचारी रहेकी मिशेल फ्लोरनोयलाई पनि प्रवल दाबेदार मानिएको थियो।

अस्टिनको छनौटसँगै उनी सो पदमा आसिन हुने पहिलो अमेरिकी महिला बन्नबाट चुकेकी छन्।

सन् २०१६ मा अवकास पाएका अस्टिनले पदभार ग्रहण गर्न अमेरिकी कंग्रेसको सहमति प्राप्त गर्नुपर्नेछ। अवकास प्राप्त गरेको समय ७ वर्ष भन्दा कम भएकाले उनलाई कंग्रेसको सहमति आवश्यक परेको हो।

चार वर्षको अवधिमा नियूक्तिका लागि कंग्रेसको सहमति आवश्यक पर्ने उनी पेन्टाउनका दोश्रो प्रमुख हुन्।

यसअघि वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा रक्षा सचिव बनेका जेम्स म्याटिसले पनि कंग्रेसको सहमति लिनुपरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय