जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको नेकपा सरकार मुलुकबाट संघीयता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र गरी रहेको आरोप लगाएका छन्।
नेपाल बौद्धिक पेशाकर्मी महासंघले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘नेपालको बर्तमान राजनीति सन्दर्भ’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष यदवले मुलुकनै धरासायी बनाउन सरकार उद्दत रहेको आरोप लगाए।
सत्तारुढ नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत प्रधानमन्त्री ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै पार्टी सचिवालयमा प्रतिवेदन पेस गरेकाले पनि यो कुरा प्रष्ट भएको उनको जिकिर थियो।
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले विभिन्न कालखण्डमा व्यवस्थाहरू परिवर्तन भए पनि शासक वर्ग परिवर्तन हुन नसकेकाले उपलब्धिहरू गुम्ने खतरा बढेको बताए। संरचनागत विभेदलाई निरन्तता दिने उद्देश्यले नै पहिचानविहीन सात प्रदेश बनाइएका उनको आरोप थियो।
‘मधेश जनविद्रोहबाट प्राप्त उपलव्धिहरु संस्थागत भए एकात्मक प्रणाली समाप्त हुन्छ भन्ने डरले विगतदेखि सत्तासुखमा रमिएकाहरु चरैतिरबाट कसरी यसलाई समाप्त गरुौँ भनेर प्रपञ्च रचिरहेको छन्’, उनले भने।
