बिहिबार बढेर अहिलेसम्मकै महँगो भएको सुनको मुल्य शुक्रबार १ हजार १ सय रुपैयाँले घटेको छ ।
सुनको मुल्य शुक्रबार तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । बिहिबार तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य अन्तर्राष्ट्रिय बजारमा नै अस्थिर छ ।
यस्तै आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी बिहिबार जस्तै तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
