Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।

मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइबा विजयी भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका वाइबाले ९ हजार ४ सय ६ मत ल्याएका छन् भने उहाँका प्रतिस्पर्धी एमालेका विदुर सापकोटाले ८ हजार ३ सय ५१ मत ल्याएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका नेपालले ११ हजार ३ सय ५ मत ल्याएका छन् भने उहाँका प्रतिस्पर्धी एमालेका सरिता ढकालले ६ हजार ९ सय २४ मत ल्याएका छन् ।

मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १,४,५ र ७ मा एमाले विजयी भएको छ । यस्तै २,३, ६,९, १०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेको छ । यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय