Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

२५६६ औँ बुद्धजयन्ती तथा बुद्ध पूर्णिमाका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल अध्यात्मको देश भएको बताएका छन् ।

लुम्बिनी भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल प्राचीन सभ्यता र संस्कृतिको संरक्षण भएको देश भएको बताए । नेपाल भ्रमणबाट आफूलाई आत्मिक आनन्द मिलेको उनले बताए । बुद्ध जन्मेको देश नेपाल भएको भन्दै मोदीले नेपाल भ्रमण गर्दा राजनीतिक नभई आध्यात्मिक अनुभूति भएको बताए । उनले भने,“यो ऋषिको भूमि हो ।”

बुद्ध पूर्णिमाको अवसरमा बुद्धसँग सम्वन्धित ठाउँको भ्रमण गर्ने गरेको उनले अहिले बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने अवसर पाएको बताए । विश्वको सर्वोच्च शिखरमा रहेको नेपाल प्राकृतिक सम्पदा र मन्दिरले भरिपूर्ण रहेको बताउँदै उनले नेपालको साथबिना भारतको राम मन्दिरको आस्था अधुरो हुने बताए ।

“नेपाल र भारतको सम्बन्ध हरेक अस्थाले प्रगाढ भएकाले नेपाल–भारत मित्रता हिमालजस्तै अटल छ,” उनले भने, “नेपालमा जन्मिएकी सीता र भगवान बुद्धको भारतसँग प्रत्यक्ष सम्बन्ध छ ।”

बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा राजकुमार सिद्धार्थका रूपमा जन्मिएका भगवान बुद्धले यही दिन भारतको बोधगयामा बुद्धत्व प्राप्त गरी कुशीनगरमा परिनिर्वाण प्राप्त गरेको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणलाई सौभाग्यको संज्ञा दिँदै लुम्बिनी भ्रमण गर्न पाउनु सौभाग्यको कुरा भएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणलाई सौभाग्यको संज्ञा दिँदै लुम्बिनी भ्रमण गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए ।

सम्बोधनका क्रममा नेपाली भाषा प्रयोग गर्ने प्रयास गर्दै मोदीले बुद्धको जन्मस्थल मायादेवी मन्दिरको प्रवेशलाई जीवनको अविस्मरणीय छडका रूपमा पनि वर्णन गरे। उनले बुद्धको जन्मस्थल  लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम जस्ता आस्थाका केन्द्रहरुको प्रवद्र्धन गर्न नेपालले कडा मेहनत गरिरहेको बताए । मोदीले नेपालबिना भारतको राम पनि अधुरो रहेको बताए । उनले भने, “नेपाल बिना हाम्रो राम अधुरो छ भन्ने मलाई राम्ररी थाहा छ, भारतमा रामको ठूलो मन्दिर बन्ने खबरले नेपालीहरु पनि उत्तिकै खुसी छन् ।”

विश्वको अग्लो हिमाल, धेरै तीर्थस्थल, मठमन्दिर र गुम्बाहरूले भरिएको नेपालजस्तो विश्वमा अरु कुनै देश छैन भनी मोदीले नेपालको प्रशंसा गरे ।यी सम्पत्तिहरूलाई पूँजीको रूपमा वर्णन गर्दै प्रधानमन्त्री मोदीले भने, “हामी दुई देशले बुद्धको सन्देशलाई विश्वभर फैलाउन प्रभावकारी रूपमा मिलेर काम गर्न सक्छौँ।”

उनले दुई देशबीचको मित्रता र निकटता सम्पूर्ण मानव जातिका लागि अपरिहार्य रहेको बताए । मोदीले यी सम्पदाहरूप्रति आस्था र भक्तिले दुई देशलाई एकताबद्ध बनाउने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय