Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये तीन वटा नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ।

जसमा कांग्रेसले तीनै नगरपालिकामा कांग्रेसले जित हात पारेको छ।

दक्षिणकाली नगरपालिकामा कांग्रेस मोहन बस्नेत विजयी भएका छन्। उनी यसअघि पनि निर्वाचित भएका थिए।

कीर्तिपुर र तारकेश्वरमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन्। दुवै नगरपालिकामा एमालेले अघिल्लो पटक जित हात पारेकोमा कांग्रेसले नतिजा उल्टाएको हो।

कीर्तिपुरमा राजकुमार नकर्मी र तारकेश्वरमा कृष्‍णहरि महर्जनले निर्वाचित भएका छन्।

काठमाडौंका बाँकी सात नगरपालिकामध्ये पाँच नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ।

कांग्रेसले अग्रता लिइरहेको कागेश्वरी र टोखामा यसअघि एमाले विजयी भएको छ। गोकर्णेश्वर, चन्द्रगिरि र नगार्जुनमा अग्रता लिइरहेको कांग्रेसले यसअघि पनि मेयर जितेको थियो।

एमालले भने एक नगरपालिकामा अग्रता लिएको छ। एमालले यसअघि जितेको बुढानिलकण्ठ नगरपालिकामा अग्रता लिइरहेको हो। यसअघि जितेका दुई नगरपालिका गुमाइसकेको एमाले तीन नगरपालिकामा पनि पछि परेको छ।

काठमाडौंमा राप्रपाले एक नगरपालिकामा अग्रता लिइरहेको छ। कांग्रेस र समाजवादीबीच गठबन्धन भएको शंखरापुरमा राप्रपाले अग्रता लिइरहेको छ।

शंखरापुर नगरपालिका

रमेश नापित- राप्रपा- ३७०३ मत

लक्ष्मीप्रसाद श्रेष्‍ठ- एकीकृत समाजवादी- ३४८५ मत

कृष्णलाल बजगाईं- एमाले- ३१०६ मत

मधु केसी- माओवादी केन्द्र-  २०८५ मत

अघिल्लो निर्वाचनमा एमालेका सुवर्ण श्रेष्ठ निर्वाचित भएका थिए।

कागेश्वरी मनहरा नगरपालिका

उपेन्द्र कार्की- कांग्रेस- ५५६५ मत

रामशरण ढुंगाना- एमाले- ४६६९ मत

यसअघि एमालेका उम्मेदवार कृष्‍णहरि थापा विजयी भएका थिए।

गोकर्णेश्वर नगरपालिका

दिपककुमार रिसाल-  कांग्रेस- ६४८६ मत

उद्धव विष्ट- एमाले- ६०९१ मत

यसअघि कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए।

बुढानिलकण्ठ नगरपालिका

मिठाराम अधिकारी- एमाले- ९४२६ मत

विनोद चालिसे- कांग्रेस- ७४३५ मत

यसअघि एमालेका उद्धवप्रसाद खरेल निर्वाचित भएका थिए।

टोखा नगरपालिका

रजनी थापा-  कांग्रेस-  ७८९२ मत

प्रकाश अधिकारी- एमाले- ७५६४ मत

यसअघि एमाले अधिकारी विजयी भएका थिए।

नागार्जुन नगरपालिका

मोहनबहादुर बस्नेत- कांग्रेस- ४०९८ मत

नन्दनहरि गौतम- एमाले-  ३४०४ मत

यसअघि कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका थिए।

चन्द्रागिरि नगरपालिका

घनश्याम गिरी- कांग्रेस-  ८६७५ मत

उत्तम बहादुर राउत- एमाले-  ७०६३ मत

यसअघि कांग्रेसका गिरी विजयी भएका छन्।

तारकेश्वर नगरपालिका

कृष्‍णहरि महर्जन- कांग्रेस- ११९८८ मत (विजयी)

रामेश्‍वर बोहरा- एमाले-  ७८०७ मत

अघिल्लो निर्वाचनमा एमालेका बोहरा निर्वाचित भएका थिए।

दक्षिणकाली नगरपालिका

मोहन बस्नेत-  कांग्रेस- ७२०१ मत (विजयी)

श्रीराम आचार्य- एमाले- ५११२ मत

अघिल्लो दक्षिणकालीमा कांग्रेसका बस्नेत नै विजयी भएका थिए।

कीर्तिपुर नगरपालिका

राजकुमार नकर्मी- कांग्रेस-  ९०४३ मत (विजयी)

केशरत्‍न बज्राचार्य- एमाले-  ५५०७ मत

यसअघि एमालेका एमालेका रमेश महर्जन विजयी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय