Nepali Unicode | Preeti to Unicode

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशको सरकारसँग युक्रेनलाई मद्दत गर्न भन्दै एकपटक पुनः अपिल गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले पश्चिमी देशको सरकारसँग युक्रेनलाई लडाकू विमान, ट्याङ्क र मिसाइल डिफेन्स सिस्टम दिन अपिल गरेका हुन् । भिडियो सन्देशमा उनले युरोपको सुरक्षाका लागि बनाइएका हतियार गोदाममा धुलो खाएर बसिरहेको बताएका छन् ।

साथै जेलेन्स्कीले मसिन गनले रुसी लडाकू विमान खसाल्न नसक्ने पनि दुःख व्यक्त गरेका छन् । जेलेन्स्कीले युक्रेनलाई नेटोको एक प्रतिशत मात्रै लडाकू विमान र एक प्रतिशत ट्याङ्क चाहिएको बताएका छन् । आफूहरूलाई योभन्दा बढी नचाहेको पनि उनले प्रस्ट पारेका छन् ।

हतियारको सहयोग अन्य देशबाट पनि पाइरहेको युक्रेनका विदेश मन्त्री दमित्रो कुलेबाले बताए । अमेरिकाबाट थप हतियारको आश्वासन पाएको उनको भनाइ छ ।

– बिबिसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर