Nepali Unicode | Preeti to Unicode

बाजुरा – बुढीनन्दा नगपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ ।

बँदेलको आक्रमणबाट  बुढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टकाे ज्यान गएकाे हाे ।

हिजाे दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।

घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजाने क्रममा बाटोमा नै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर