Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर सत्याग्रही डा। केसीले अघि सारेका माग गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गर्न माग गरेको हो ।

उनले नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गरिएको सत्याग्रह प्रति ऐक्यबद्धतासमेत जनाएका छन् ।

प्रमुख सचेतक खाणले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले ल्याएको स्वास्थ्यसम्बन्धी अध्यादेशलाई कार्यान्वयन गर्नका पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसदीय दलले अनसनका कारण केसीको स्वास्थ्य स्थिति दिनप्रति दिन बिग्रदै जाँदा पनि सरकारले माग बेवस्ता गर्नु अत्यन्त दुःखद विषय भएको उल्लेख गरेको छ । दलले सत्याग्रही केसीको जीवन रक्षाका लागि पनि सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय