नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि सुनचाँदीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली बजारमा सुनको मूल्य सात सय रुपैयाँले बढेको छ ।
साताको पहिलो आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासङ्घले जनाएको हो । आज छापावाल सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै,तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार आठ सय रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार २ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य एक हजार एक सय ९० रुपैयाँ थियो ।
