Nepali Unicode | Preeti to Unicode

सरकारले तिहारमा घर जाने यात्रुहरूलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन सुरू गरेको छ ।

तिहार मनाउन राजधानी काठमाडौँबाट घर जाने यात्रुहरूलाई लक्षित गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप सञ्चालन गरेको हो ।

खोप लगाउनका लागि यात्रुहरूले उमेर खुल्ने परिचयपत्र देखाउनुपर्नेछ । आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलङ्की चोकमा यात्रुहरूलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

खोपको कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्नेछ। खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर