Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
पूर्वप्रधानन्यायाधीश सिंहको निधन
Nepali Unicode | Preeti to Unicode

३१ भदौ । एक सय एक वर्षीय पूर्वप्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको छ । उनी तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्त पनि हुन् ।

पछिल्लो केही समययता निमोनियाको समस्या देखिएका सिंहको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे निधन भएको पारिवारिक स्रोतले बतायो । उनी विसं २००३ सालमा झापा गोश्वाराको हाकिम भएर सरकारी सेवामा प्रवेश गरेका थिए ।

२००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भएर काम गरेका थिए । उनी २०१२ सालमा शाही सल्लाहकारमा मनोनित पनि भएका थिए ।

त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले तीन वर्षसम्म न्यायालयको नेतृत्व सम्हाले । न्यायालयमा रहँदा सिंहले अदालतका नजिरहरुको अभिलेखीकरणका २०१५ सालबाट नेपाल कानुन पत्रिका (नेकाप)को प्रकाशन आरम्भ गरेका थिए ।

२०१६ सालमा सिंह लोकसेवा आयोगको अध्यक्ष पनि भए । कानुन, वनलगायतका मन्त्री पनि भएका उनलाई २०१८ सालमा राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुख नियुक्त गरेका थिए ।

२०३२ सालमा उनी संविधान सुधार आयोगको अध्यक्ष पद पाउन सफल भए । सिंह त्यसको दुई वर्षपछि तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्त बन्न सफल भए । अख्तियारमा २०४२ साल बैशाख ३० गतेसम्म रहेका उनी त्यसलगत्तै राजसभा स्थायी समितिको सभापतिसमेत बने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय