Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । गएराति एक्कासि शरीरको तापक्रम बढेपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको हो ।

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले अस्पताल भर्नाको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । “राति अचानक ज्वरो आएपछि उहाँलाई अस्पताल ल्याएका हौं ।स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने, “केहीबेरपछि अस्पतालले हेल्थ बुलेटिन जारी गरेर विस्तृत जानकारी दिन्छ ।”महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय