Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
भोलीदेखि आन्तरिकतर्फका उडान खुला
Nepali Unicode | Preeti to Unicode

काठमाडौं, भदौ ३१ । आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त जानकारी दिएको पौडेले बताए।

सोमबारको मन्त्रिपरिषद् निर्णयले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको स्वयं पर्यटनमन्त्री योगेशकुमार भट्टराइले नै जानकारी गराएका थिए। तर, मंगलबार साँझपछि मात्र सरकारका प्रवक्ताले असोज १ गतेबाट नै आन्तरिक उडानसँगै लामोदुरीका यातायात र होटल, रेष्टुराँ सञ्चालन हुने जानकारी गराएका थिए।

असोज १ गतेबाट आन्तरिक उडान खुलाउने सरकारको निर्णयपछि नागरिक उड्डयन प्राधिकरण प्रक्रियागत व्यवस्थापनमा जुटेको छ। कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सुरुमा ३० प्रतिशत मात्रै उडान हुने गरी घरेलु उडान खोलिने प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। सम्बन्धित वायुसेवा संचालकहरुसँगको छलफलपछि हाललाई ३० प्रतिशत उडान हुने गरी खोलिने सहमति भएको क्षेत्रीले जानकारी दिएका छन्।

कोरानाअघिको समयमा आन्तरिकतर्फ दैनिक ३ सय भन्दा बढि उडान हुने गरेको थियो। यस्तै, आन्तरिक वायुसेवा कम्पनीहरुले साविकको समयमा उडाउदै आएको सबै क्षेत्रका लागि उडान खुल्ला गरिएको बताइएको छ। सुगम तथा दुर्गम वा ट्रंक रुट९लामो धावनमार्ग भएका तराईका विमानस्थल० तथा सर्ट रुट९छोटो धावनमार्ग भएका दुर्गम क्षेत्रका विमानस्थल० सबै क्षेत्रका लागि नै उडान अनुमति दिइने प्रवक्ता क्षेत्रीले बताए।

यसअघि सरकारले असोजबाट आन्तरिक उडान खुलाएपनि कारोना संक्रमण बढि भएका तराइका जिल्लाहरुमा उडान नगर्ने र पहाडि तथा हिमाली जिल्लाहरुमा मात्र उडान गरिने बताएको थियो। अब आन्तरिक उडानका लागि वायुसेवा कम्पनीहरुले चाहेको गन्तव्यमा उडान अनुमति माग्न पाउने छन्।अन्नपूर्णपोस्ट् दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय