
काठमाडौं, ३० भदौ । अर्थमन्त्रीबाट राजिनामा दिएका डाक्टर युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको सल्लाहकार नियुक्त भएका छन् ।
१९ भदाैमा मन्त्री पदबाट राजिनामा दिएका खतिवडालाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । खतिवडाको हैसियत मन्त्री सरह हुनेछ ।
सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् ।
राजिनामा लगतै खतिवडा मन्त्री सरह सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन ।