Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

काठमाडौं, भदौ ३१ । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।

सरकारले यस वर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण आर्थिक गतिविधि खुम्चिँदा यस्तो प्रभाव परेको हो।

पछिल्ला दुई वर्ष २०१८ मा ६.७ र २०१९ मा ७ प्रतिशत वृद्धिदर थियो। एडीबीले मंगलबार सार्वजनिक गरेको ‘डेभलपिङ एसिया आउटलुक रिपोर्ट २०२०’ अनुसार यस वर्ष दक्षिण एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक रहनेछ।

‘कोरोना भाइरस संक्रमणको प्रभावस्वरूप निर्यात, रेमिट्यान्स तथा पर्यटन क्षेत्र प्रभावित भएकाले नेपालको आर्थिक वृद्धिदर घट्ने देखिन्छ। नेपालको प्रमुख व्यापारिक साझेदार रहेको छिमेकी मुलुक भारतको अर्थतन्त्र खस्किएको अवस्थामा स्वाभाविक रूपमा असर पर्नेछ’, नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर मुख्तोर खामुदखानोबले भने, ‘यो आर्थिक वर्षमा आवधिक रूपमा जारी लकडाउनले आर्थिक क्रियाकलाप ठप्प हुँदै गएमा आर्थिक वृद्धिदर अझ खस्किन सक्छ।’

सरकारले असोजबाट सम्पूर्ण आर्थिक क्रियाकलाप खुकुलो पार्ने निर्णय गरिसकेको छ। तर कोरोना भाइरसको संक्रमण नियन्त्रण भई असोजपछि आर्थिक गतिविधि पूर्ववत् अवस्थामा फर्कनेमा अनिश्चितता भने कायमै छ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने हालै आकलन गरेको थियो। अन्नपूर्ण पोस्ट्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय