Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

असार ११ गते । नेपाल, नामीबिया र स्कटल्याण्ड सम्मिलित आईसीसी लिग डिभिजन २ स्थगित भएको छ । उक्त श्रृखंला आगामी जुलाई महिनामा स्पेनमा हुन तय भएको थियो । आईसीसीले भने प्रतियोगिताको तालिका सार्वजनिक गरेको थिएन । कोभिड १९ को महामारीले गर्दा गएको एक वर्षदेखि उक्त प्रतियोगिता धकेलिदै आएको छ ।
नेपाल क्रिकेट संघको अग्रसरतामा नामीबियामा हुने त्रिदेशीय एकदिबसीय श्रृखंला तटस्थ भूमिमा खेलाउने पहल भएको थियो । जस बमोजिम उक्त प्रतियोगिता आगामी महिना स्पेनमा हुने तय भएकोमा महामारीले गर्दा स्थगित हुन पुगेको नेपाल क्रिकेट संघले जनाएको छ । प्रतियोगिता एक वर्षपछि मात्रै हुने नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले जानकारी दिनुभएको छ ।
नेपालले प्रतियोगिताको तयारी स्वरुप १९ खेलाडीको बन्द प्रशिक्षण समेत सुरु गरिसकेको थियो । बन्द प्रशिक्षण सुरु भएको दुई दिन नबित्दै क्यानले प्रतियोगिता स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय