Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तिमगर अस्ट्रेलिया गएका छन् । आफ्नो सुरक्षित भविष्य खोज्दै विमल शुक्रबार अस्ट्रेलियातर्फ गएका हुन् ।

उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए  । सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी बनेका थिए ।

त्यसपछि युरोपका विभिन्न क्लबमा ट्रायल दिएका विमलले गत सिजनको लिग मछिन्द्र एफसीबाट खेलेका थिए।  नेपालका लागि उनले ३९ खेलमा ९ गोल गरेका छन् ।

पछिल्ला केही वर्षमा नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम बढेको छ। दुई वर्षमा दुई दर्जन बढी राष्ट्रिय खेलाडी अस्ट्रेलिया गइसकेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय