Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो | निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप |

राष्ट्रिय संगीतकर्मी संघ नेपालले कलाकार निशा घिमिरेलाई सहयोग कार्य सुरु गरेको छ। संघले बिहीबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेर आर्थिक सहयोग प्रदान गरेको छ।

संघका तर्फबाट अध्यक्ष राजेन्द्र कार्की, महासचिव विक्रम जंग शाहसहित सरिता भारती, दीपेन्द्र तिमिल्सिनालगायतका कलाकारले निशाका बुबा प्रेमप्रसाद घिमिरेलाई आर्थिक सहयोग प्रदान गरेको छ।

संघको बिपत व्यबस्थापन समितिका संयोजक समेत रहेका संघका महासचिव शाहले निशा घिमिरे सो संघकी सदस्य रहेको बताए। सोही कारण निशाको उपचारको खर्च संकलनका लागि आफूहरुले पहल सुरु गरेको शाहले बताएका छन्। संघले आफ्नो सदस्यहरुलाई आपत पर्दा बिगतमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको पनि शाहले जानकारी गराए।

निशालाई आर्थिक सहयोग गर्न समिति नै गठन गरिएको जानकारी गराउँदै महासचिव शाहले भने, ‘४ हजार भन्दा बढी सदस्य रहेको हाम्रो संघको ७४ जिल्लामा शाखा रहेको छ। ती शाखाहरुबाट के कती सकिन्छ, निशाको उपचार र उपचारको क्रममा बिगतमा परिवारलाई परेको ऋणभारलाई कम गर्न पनि हामीले आर्थिक सँकलन पहल सुरु गरेका हौं।’

यसै गरी दुई वर्षअघि पनि निशालाई आफूहरुले ट्रमा सेन्टर पुगेर उपचारका लागि आर्थिक सहयोग गरेको पनि शाहले स्मरण गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय