Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

काठमाडौं, ३० भदौ । नेपाल प्रहरीमा डिआइजीको पाँच दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषद् पुगेको छ । सो प्रस्ताव पारित भएलगत्तै डिआईजीका रिक्त पदमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ ।

मन्त्रिपरिषद्को प्रस्ताव पास नहुँदै डिआईजी बढुवाको दौडधुपले तिव्रता पाएको छ । बढुवामा निष्पक्षता नहुने भएकाले चलखेल बढेको छ । कतिपय एसएसपीहरु पैसा खुवाएर समेत बढुवा हुने पक्षमा देखिएका छन् ।

पाँच दरबन्दी थपिएपछि डिआईजीका आठ दरबन्दी रिक्त हुनेछन् । जसमा दुई दर्जन एसएसपीहरु प्रतिस्पर्धामा छन् । बढुवाको प्रमुख दाबेदारमा आईजिपी शैलेश थापा क्षेत्रीकै ब्याचीहरु भएपनि पछिल्ला ब्याचका एसएसपीहरुको राजनीतिक लबिङ बलियो देखिएको छ । प्रहरी महानिरीक्षकको ब्याचबाट पुरुषोत्तम कँडेल, गणेश ऐर, दिलिप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, प्रदीप श्रेष्ठ, शौरभ राणा बढुवामा स्वभाविक दाबेदार भए । कँडेललाई आईजिपी थापाले विश्वास गरेर प्रबन्ध र आर्थिक प्रशासन महाशाखाको जिम्मेवारी दिएका छन् । ती महाशाखाबाट आईजिपीलाई समेत थाहा नदिई उनले सेटिङ मिलाइरहेको स्रोत बताउँछ ।

पछिल्लो ब्याचका एसएसपीहरु डा.देवबहादुर बोहरा, दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नल प्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ राजनीतिक लबिङमा लागेका छन् । उनीहरुमध्ये केहीले गृहमन्त्रीको सचिवालयका व्यक्तिसँग आर्थिक डिल समेत गरेको स्रोत बताउँछ । केही एसएसपी भने प्रचण्ड त केही बालुवाटारको पावर लगाएर बढुवा हुने दाउमा छन् ।

एसएसपी मात्र नभई अन्य तल्लो पदमा पनि बढुवाको लागि प्रहरी प्रधान कार्यालयले तयारी गरिरहेको छ । प्रहरी समायोजन सुरु भएपछि सरुवा बढुवा रोकिने भएकाले त्यसअघि नै बढुवा गर्न लागिएको हो । तल्लो तहका प्रहरीको बढुवामा भने केही बिचौलियाहरुले पैसा समेत उठाउने गरेको स्रोत बताउँछ । कर्मचारी प्रशासन शाखाका एसपी जनार्दन जिसी निकट बिचौलियाहरुले यसरी पैसा उठाइरहेको आरोप छ ।-दृष्टिबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय