सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नर्गन अन्तरिम आदेश गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश भएको हो ।आदेशमा विवादित अध्यादेश पछि संघीय संसदबाट पारित हुन नसकेको स्थितिमा सो आदेश बमोजिम वितरित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा कानुनी जटिलता हुने उल्लेख छ । साथै यस प्रकारको विषयमा संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाट नै आवश्यक व्यबस्था मिलाउनु उपयुक्त हुने उल्लेख छ ।
