Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

चितवन, ३० भदौ: जिल्लाको माडीमा सामूहिक खेती गरिएको क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि ‘होमस्टे’ निर्माण तीव्र पारिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामूहिक खेती गरिएको ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण गरेको हो । सहकारीका प्रबन्धक शिवजी गायकका अनुसार सो संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरेको छ । जसमध्ये घर आवश्यक भएका ५० परिवारलाई पक्की घर बनाएर त्यही होमस्टे सञ्चालन गर्न लागिएको हो । उनीहरुका घरमा चार कोठा हुने छन् । जसमध्ये शौचालयसहितको एउटा कोठा होमस्टे हुनेछ ।

दश वटा घर अन्तिम चरणमा पुगेको छ । गायकका अनुसार २८ वटा घरको झ्याल ढोका हालिँदै छ भने १२ वटा घर निर्माणका लागि जग खन्ने काम शुरु भएको छ । अन्तिम चरणमा पुगेका १० घरमा प्लाष्टर गर्न मात्र बाँकी छ । निषेधाज्ञाका कारण काममा ढिलाइ भएको हो । ती सबै घर जग्गावालाको आफ्नै जमिनमा निर्माण गरिँदै छ । घर निर्माणका लागि वाग्मती प्रदेशले एउटा घरको रु तीन लाख र माडी नगरपालिकाले रु एक लाख ५० हजार घरधनीलाई सहयोग गरेको छ ।

बाँकी श्रमदान आफैँले गर्नुपर्ने हुन्छ । गायकले भने, “उनीहरुलाई कच्ची घरबाट पक्कीमा बसेर त्यहीभित्र रोजगारीका साथै व्यवसाय गर्ने अवसर मिल्ने छ ।” यही माघ, फागुनसम्ममा घर निर्माण सम्पन्न गरेर होमस्टे सञ्चालनमा ल्याइने सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले जानकारी दिए । कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै विविध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा विकास गरिने उनको भनाइ छ । सोही क्षेत्रमा रु ५० लाखको लागतमा गन्धर्व सांस्कृतिक भवन बनाइँदै छ । सो भवनमा २५० जना अट्ने उनले जानकारी दिए ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा पर्यापर्यटन, धार्मिक पर्यटनसँगै कृषि पर्यटनका लागि होमस्टे उपयोगी हुने बताए । सामूहिक कृषि खेतीसँगै लोपोन्मुख गन्धर्व जातिको संरक्षणमा त्यहाँ भएको काम बहुआयामिक भएको उनको भनाइ छ । उनले भने, “पछाडि परेको समुदायलाई अगाडि बढाएर कृषि पर्यटनमा नमूना काम हुँदैछ ।” यसले माडी आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने ढकालको भनाइ छ । कृषिमा माडी नमूना भएको भन्दै उनले अब पर्यटन प्रवद्र्धनका काम अघि बढाइने जानकारी दिए ।

त्यसै वडामा रामको जन्मभूमि अयोध्या भएको भन्दै सरकारले अध्ययन थालेको छ । माडीमा नै वाल्मिकी आश्रम, वैकुण्ठ धाम, सीता गुफा, गोद्धक, छरछरे, स्वमेस्वर कालिका मन्दिरलगायत धार्मिक क्षेत्र रहेका छन् । माडी चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले घेरिएको पर्यटकीय क्षेत्र हो । त्यस क्षेत्रमा कृषि पर्यटनको उच्च सम्भावना रहेको छ । माडी माछापालनका लागि पकेट क्षेत्र हो । अन्य कृषि उत्पादनमा पनि माडी अग्रस्थानमा रहेको छ ।

सामूहिक खेतीका लागि १०० बिघा जमिन एकीकृत गरिएको छ । एकीकृत गरिएका जमिन धेरै दलितको हो । पौडेलका अनुसार त्यहाँ रहेका ८५ घर परिवारमध्ये ४९ घर दलितको ३४ घर बाहुन क्षेत्रीको र तीन घर जनजातिको रहेको छ । हाल सामूहिक खेती गरिएको क्षेत्रमा टनेलभित्र काउली, खुर्सानी र गोलभेँडा लगाइएको छ । यससँगै धानखेती गरिएको छ । वर्षा बढी भएकाले टनेल बाहिर तरकारी खेती गर्न कठिन भएको पौडेलले जानकारी दिए । सहकारीले सामूहिक खेतीका लागि प्रदेश सरकार र स्थानीय तहसँग सहयोग जुटाएर आवश्यक औजार जोडेको छ । जसले खेती गर्न सहज र छिटो भएको पौडेलको भनाइ छ ।-रासस/File Photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय