Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्र पौडेल सम्मानित भएका छन् । सहारा क्लब पोखराको २२औं वार्षिकोत्सवका अवसरमा उक्त पुरस्कार पत्रकार पौडेललाई प्रदान गरिएको हो । नगद २० हजार ५ सय रुपैयाँ, ताम्रपत्र तथा दोसल्लाद्वारा उनलाई गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सम्मान गरेका छन् ।

क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा योगदान पुर्‍याउने र विशेषगरी खेलकुद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । क्लबले आफ्नो स्थापना दिवसका  अवसरमा विगत १५ वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई छनोट गरेको हो । यसअघि सो पुरस्कारबाट पोखराका १४ जना क्रियाशील पत्रकार एवं सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय