Nepali Unicode | Preeti to Unicode
 BREAKING
रत्ननगर अस्पतालका गरिब बिरामीहरूलाई 'रफ्तार चितवन' द्वारा फलफूल वितरण | | रत्ननगरका विद्यालय तहका विद्यार्थीका लागि 'ई–हब कोडिङ क्लास' सुरु, विद्यार्थीहरूको उत्साहजनक सहभागिता | रफ्तार संस्थाद्वारा रत्ननगर वडा नं. १२ मा शैक्षिक सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न | रत्ननगरमा विद्यालय सञ्चालनमा एकरूपता र गुणस्तर सुधारको प्रयास: कक्षा १२ सम्म निःशुल्क शिक्षाको तयारी | आजका प्रमुख विश्व समाचार | आजका मुख्य विश्वव्यापी समाचार | आजका मुख्य अन्तर्राष्ट्रिय र राष्ट्रिय समाचार | प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन् ।प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म प्रवक्ताको जिम्मेवारी दिएको ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको नभई तोकिएको जानकारी दियो । “मन्त्रिपरिषद् बैठकले निर्णय गरेर होइन, प्रधानमन्त्रीले तोक्नुभएको हो । यो सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त नगर्दासम्मका लागि हो,” प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

मन्त्रिपरिषद्‍ले यस सम्बन्धमा कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिएका थिए । गत फागुन २० गते युवराज खतिवडाले संवैधानिक प्रावधानअन्तर्गत राजीनामा दिएपछि प्रवक्ता तोकिएको थिएन । अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले सम्हालिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय