Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

काठमाडौं, २९ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न अस्वीकार गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकमा उनलाई नियुक्त गर्न ऊर्जामन्त्री वर्षमान पुनले विषय प्रवेश गराएपनि प्रधानमन्त्री ओलीले यसबारे कुनै निर्णय लिन मानेनन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले प्राधिकरणमा कार्यकारी निर्देशक बन्न प्रतिष्पर्धाबाट आउनुपर्ने विषय उठाएका थिए । यसपछि मन्त्री पुनको प्रस्ताव फिर्ता भएको थियो ।

गएको मध्यरातबाट कुलमान प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकिइसकेको छ । उनको पुनः नियुक्ति नभएपछि निमित्तले चलाउन थालेका छन् ।

अब प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा प्रतिष्पर्धाबाट चयन गरिने तयारी भएको बुझिएको छ । प्रधानमन्त्री ओली यही चाहना व्यक्त गरेको बुझिएको छ ।

यसैगरी, माइतीघर मण्डलामा आज कुलमान घिसिङको पक्षमा नारावाजी भएको छ । सामाजिक सञ्जालमा पनि उनको पुनःनियुक्तिको दबाब बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय