Nepali Unicode | Preeti to Unicode

राँझा । बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई कोरोना संक्रमितको अस्पतालमा मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १० गते भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका ६० वर्षीय पुरुषको गए राति ११.४५ बजे मृत्यु भएको थियो भने वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका २७ वर्षीय पुरुषको आज बिहान ४ः४० बजे मृत्यु भएको हो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर