Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

युरोपको सर्वाधिक ठूलो फुबटल प्रतियोगिता च्याम्पियन्स लिगमा आज इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेल्दै छन् । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा पिएसजी र सिटीले नेपाली समयाअनुसार आज राति १२ः४५ बजे एक–अर्काको सामना गर्दै छन् ।

यो खेल सिटीको मैदानमा हुँदै छ । यस खेलमा पिएसजी कमब्याक गर्दै फाइनलमा स्थान बनाउने दाउमा हुनेछ । यसअघि पहिलो लेगको खेलमा सिटी २–१ गोलले पराजित भएको थियो । यता, सिटी भने आफ्नो अग्रता कायमै राख्दै फाइनल पुग्ने दाउमा हुनेछ ।

यस खेलको विजेता टोलीले फाइनलमा रियल मड्रिड र चेल्सीबीचको विजेता टोलीको सामना गर्नेछ । रियल र चेल्सीले बुधबार राति दोस्रो लेगको खेल खेल्दैछन् ।

यस खेलमा पिएसजीले नेयमार, किलियन एम्बाप्पे, एन्जल डी मारिया, केलियन नाभास, माउरो इकार्डी र मोइसे किनलगायत खेलाडीलाई मैदान उतार्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय