Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

केही दिन यता म्याग्दीमा डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ ।जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण हालसम्म रघुगङ्गा गाउँपालिका, बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाका बिरामीमा पुष्टि भएको हो ।

जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको समस्या देखिएपछि बिरामीको नमुना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौँ पठाइएकोमा डेङ्गु नै पुष्टि भएपछि जिल्लाका सबै स्थानीय तहलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

यसबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेबाहेक अन्य उपाय नभएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए ।

ओरेन्सिया सुसुगमुस भन्ने जीवाणुबाट सर्ने स्क्रब टाइफसका बिरामी गएको वैशाखदेखि हालसम्ममा ४१ जना अस्पतालमा आएका छन् । पछिल्लो दुई दिनमा सात जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।

बेनी अस्पतालका सूचना अधिकरी सुवेदीका अनुसार १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्गले काम नगर्ने र आन्तरिक रक्तस्राव यसका मुख्य लक्षण देखिने हुँदा घर वरपरको झाडीलगायत सरसफाइमा ध्यान दिनु नै यसबाट बच्ने उपाय हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय