Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइजी फुटबल नेपाल सुपर लिग (एनएसएल) नरोकिने भएको छ ।

कोरोना महामारीका कारण बिहीबारदेखि एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा भए पनि लिगका बाँकी खेलहरुले निरन्तरता पाउने खेलकुदमन्त्री दावा तामाङले जानकारी दिए ।

उनले स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिता गराइने बताए । “प्रतियोगिता रोकिँदैन । स्वास्थ्य सुरक्षाका साथ प्रतियोगितालाई निरन्तरता दिने कुरा भएको छ,” मन्त्री तामाङले बाह्रखरीसँग भने ।

प्रतियोगिताका पाँच खेल भइसकेका छन् । यही वैशाख ११ गतेबाट सुरु भएको प्रतियोगितामा सात फ्रेन्चाइजी टोली सहभागी छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता जारी छ । कोरोनाका कारण दर्शकको उपस्थितिविना खेल गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय