Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइजी फुटबल नेपाल सुपर लिग (एनएसएल) नरोकिने भएको छ ।

कोरोना महामारीका कारण बिहीबारदेखि एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा भए पनि लिगका बाँकी खेलहरुले निरन्तरता पाउने खेलकुदमन्त्री दावा तामाङले जानकारी दिए ।

उनले स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिता गराइने बताए । “प्रतियोगिता रोकिँदैन । स्वास्थ्य सुरक्षाका साथ प्रतियोगितालाई निरन्तरता दिने कुरा भएको छ,” मन्त्री तामाङले बाह्रखरीसँग भने ।

प्रतियोगिताका पाँच खेल भइसकेका छन् । यही वैशाख ११ गतेबाट सुरु भएको प्रतियोगितामा सात फ्रेन्चाइजी टोली सहभागी छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता जारी छ । कोरोनाका कारण दर्शकको उपस्थितिविना खेल गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय