Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२ बैशाख ।यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगको खेलमा इङ्ग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडल बराबरीमा रोकिएका छन्।
एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुल बराबरीमा रोकिँदा मड्रिडले एग्रिगेटमा ३-१ गोल अन्तरले जित निकाल्दै सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ। उत्कृष्ट पुनरागमनको खोजिमा रहेको लिभरपुलले पहिलो हाफमा केही राम्रा अवसरहरु बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। च्याम्पियन्स लिगमा मड्रिडसँगका पछिल्ला पाँच खेलमा लिभरपुलले जित निकाल्न सकेको छैन।
यसअघि क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले लिभरपुलमाथि ३-१ गोलअन्तरले जित निकालेको थियो। सेमिफाइनलमा रियल मड्रिडले अर्को इङ्ग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय