Nepali Unicode | Preeti to Unicode

 

काठमाडौं । स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल कन्जरभेटिभ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का नयाँ नेताको रुपमा योशिहिदे सुगा निर्वाचित भएका छन् ।

जापानको सत्तारुढ दल एलडीपीले योशिहिदेलाई सुगालाई सोमबार दलको नेतामा निर्वाचित गरेको हो । संसदमा एलडीपीको बहुमत भएका कारण योशिहिदे जापानको भावी प्रधानमन्त्री बन्‍ने भएका छन् ।

आबेका नजिकका मित्रसमेत रहेका ७१ वर्षीय योशिहिदे यसअघि आबे सरकारका मुख्य सचिव थिए । उनले आबेले लिएका नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

एलडीपीको नेतामा ५३४ मध्ये ३७७ प्रतिनिधिको मत पाएर विजयी भएका हुन् । बुधबार संसदमा प्रधानमन्त्रीका लागि मतदान हुने भएको छ ।

सुगाको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिने छ ।

सुगाले “आबेनोमिक्स” आबेले हस्ताक्षर गरेको आर्थिक नीतिलाई जारी राख्‍ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त आर्थिक नीतिमा मौद्रिक सहजता, वित्तीय खर्च र संरचनात्मक सुधारहरूको माध्यमबाट विश्वको तेस्रो ठूलो अर्थतन्त्रलाई उत्प्रेरित गर्न डिजाइन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर