Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

३१ चैत । काठमाडौंमा वैशाख ४ गतेदेखि हुने त्रिकोणात्मक सिरिजका लागि नेदरल्याण्डको राष्ट्रिय टोली मंगलबार काठमाडौं आइपुगेको छ ।
कीर्तिपुरस्थित क्रिकेट रंगशालामा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक टी-२० खेल हुँदैछ ।
वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्सबीच उद्घाटन खेल हुनेछ ।
नेपालले दोस्रो खेल मलेसियासँग वैशाख ६ र तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । लिग चरणको अन्तिम खेल भने वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ । यस सिरिजको तयारीका लागि नेपालका २० खेलाडी बन्द प्रशिक्षणमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय