Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
दसैंमा खसीबोकाको मूल्य नबढ्ने
Nepali Unicode | Preeti to Unicode

काठमाडौं । सरकारले यो वर्षको दसैंमा तीन हजार खसी च्यांग्रा बेच्‍ने भएको छ । खाद्य आपूर्ति व्यवस्था गर्न सरकारले स्थापना गरको खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीले मोफसलबाट १४ सय च्यांग्रा तथा १६ सय खसीबोका किनेर सर्वसाधारणलाई बेच्‍ने भएको हो ।

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले तीन हजारको हाराहारीमा ’लाइभस्टक’ ल्याएर बेच्‍न लागिएको बाह्रखरीलाई जानकारी दिइन् । यो संख्या अघिल्लो वर्षकै बराबर हो । गत वर्ष कम्पनीले तीन हजार २० खसी बोका तथा च्यांग्रा ल्याएको थियो ।

खसीबोका च्यांग्राका लागि कम्पनीले पाँच करोड ९९ लाख ८६ हजार रुपैयाँ छुट्याएको छ । अर्थात् कम्पनीले प्रतिखसी-च्यांग्रा २० हजार रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । गत वर्ष ५ करोड ९८ लाख रुपैयाँ खर्च भएको थियो ।

यो वर्ष पनि जिउँदो खसीबोका वा च्यांग्राको मूल्य गत वर्षकै बराबर हुने अनुमान छ । यद्यपि खसीबोका खरिद लागत, ढुवानी तथा प्रशासनिक खर्चका आधारमा मूल्य तय हुने सुवेदीले बताइन् । उनले भनिन्, “विनियोजित बजेट र खरिद संख्या गत वर्षकै बराबर हो । जिउँदोको मूल्य अझै तय गरिसकेका छैनौं ।”

कम्पनीले गत वर्ष हेटौंडा र तुल्सीपुरबाट खसीबोका तथा च्यांग्रा ल्याएकामा यो वर्ष अन्य ठाउँबाट पनि ल्याउने तयारी गरिरहेको छ । च्यांग्रा भने मुस्ताङबाटै आउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय