Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

काठमाडौं, २८ भाद्र । अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका शिवमन्दिरस्थित पशुपति गेष्ट हाउसको कम्पाउण्डबाट करिब १ केजी लागूऔषध चरेस जस्तो देखिने पोल्यान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उक्त वस्तु सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी काठमाडौं स्वयम्भू आनन्दकुटी बिहारस्थित सडकबाट करिब १० केजी लागूऔषध गाँजा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चन्द्रागिरी नैकाप घर भएका सुवर्ण पौडेल र धादिङ थाक्रेका कलंकी ढुङ्गेअड्‍डा बस्नेसागर लामा छन् ।पक्राउ पर्नेहरुमा धादिङका बल्खु बस्ने सानु कान्छा तामाङ र दिल कुमारी तामाङ छन् ।

विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा.२ ज ५७०९ नम्बरको ट्‍याक्सीमा सवार पौडेलले काखमा बोकेको कार्टुनभित्र उक्त गाँजा फेला पारी ट्‍याक्‍सीमा सवार लामालाई समेत पक्राउ गरेको जनाएको छ ।

झापा, माङसेबुङ गाउँपालिकाका घर भई दमक बस्ने अर्पण राईलाई ४ केजी २५ ग्राम लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बेचबिखन गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरी राईलाई पक्राउ गरेको बताएको छ ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका अदुवा पुलबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने मिसाइएको पदार्थ सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा संदिप धिमाल, आकाश राई र आशिष राई रहेका छन् । उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको छ भन्ने सूचनाको आधरामा लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्दा संदिपको साथमा उक्त लागूऔषध फेला पारी उनीहरु तीनै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय