Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

स्याङजा, २९ भाद्र । विभिन्न हातहतियार सहित दुई जना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका ठुलाडिही मोहरिया छापडाँडाका भिम बहादुर ठकुरीलाई विभिन्न हातहतियार सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान एकनाले बाह्रबोर बन्दुक, सो को २ थान टोटा, २ थान फलामको खाली टोटा, १ थान बारुद छर्रा भरेको टोटा, ८ सय ८० ग्राम बारुद, ३३ थान फलामको छर्रा (वेरिङ) ठूलो, ६५ थान फलामको छर्रा (वेरिङ) सानो, ६८ थान केप, १ थान ग्रिस डिव्वा र १ थान फलामको पाता प्रहरीले बरामद गरेको जनाएको छ । ठकुरीको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारेको बताएको छ ।

यसैगरी स्याङजा, पुतलीबजार नगरपालिका मोहरियाका ओम बहादुर हमाललाई १ थान लोड गरी राखेको एकनाले भरुवा बन्दुक, १ थान खाली एकनाले भरुवा बन्दुक, ८ सय ८० ग्राम बारुद, ४८ थान पाते पट्का जस्तो देखिने बस्तु, ८० थान केप र १२ थान छर्रासहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हमालको घरमा हातहतियार लुकाई राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको बताएको छ ।

दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत स्याङजाबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय