Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२९ चैत्र ।इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नइ सुपर किंग्समाथि सानदार जित निकालेको छ। मुम्बइस्थित वाङखेडे स्टेडियममा सम्पन्न खेलमा ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली क्यापिटल्टसले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नइमाथि ७ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै दिल्लीसामु १८९ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले शिखर धवन र पृथ्बी श को अर्धशतकको सहायतामा १८.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।
सुरुवाती ब्याटिङ गरेको चेन्नइका लागि सुरेश रैना अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५४ रन जोडे। त्यस्तै मोइन अलीले ३६ रन जोड्दा साम करनले ३४ र रबीन्द्र जडेजाले अभिजित २६ रन जोडे। दिल्लीका लागि क्रिस ओएक्स र अभेस खानले समान २र२ विकेट लिँदा रविचन्द्रन अश्विन र टम करणले १र१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीको पारी शिखर धवन र पृथ्बी श ले सम्हालेका लिए। धवनले सर्वाधिक ८५ रन बनाउँदा श ले ७२ रन बनाए। त्यस्तै कप्तान ऋषभ पन्तले अभिजित १५ रन बनाउँदा मार्कस स्टोइनिसले १४ रन बनाए। चेन्नइका लागि सार्दुल ठाकुरले २ र ड्वाने ब्राभोले १ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय