Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२९ चैत्र । स्पेनिस ला लिगामा गएराति सम्पन्न एल क्लासिको महाभिडन्त मा रियल मड्रिडले बार्सिलोनामाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिडले बार्सिलोनामाथि २-१ गोलअन्तरले जित निकालेको हो।
खेलको १३ औं मिनेटमै करिम बेञ्जेमाको गोलमा अग्रता बनाएको रियलले २८ औं मिनेटमा टोनी क्रुसको गोलमा अग्रता दोब्बर बनाएको थियो। र, पहिलो हाफमा रियल दुई गोलले अघि रह्यो।
दोस्रो हाफमा बार्सिलोनाले सान्त्वना गोल फर्कायो। खेलको ६० औं मिनेटमा ओस्कार मिन्गुएजाले गोल गरे पनि खेलमा फर्कन त्यो पर्याप्त रहेन। उता मड्रिडका कासेमिरो खेलको ९० औं मिनेटमा रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
जितसँगै ३० खेलबाट ६६ अंक जोडेको रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। त्यस्तै २९ खेलबाट समान ६६ अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको दोस्रो स्थानमा झरेको छ। पराजयसँगै ३० खेलबाट ६५ अंक जोडेको बार्सिलोना तालिकको तेस्रो स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय