Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

 

२७ चैत। युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, इटालियन क्लब रोमा र स्पानिस क्लब भियारियाल विजयी भएका छन् । अर्को इंग्लिस क्लब आर्सनल भने बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको खेलमा युनाइटेडले स्पानिस क्लब ग्रानडालाई २-० ले पराजित गरेको हो । ग्रानडाको मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले एक-एक गोल गरे ।
खेलको ३१ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।
अवे मेदानमा जितले युनाइटेडले घरेलु मैदानमा खेल्दा सहज हुनेछ । युनाइटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।
यस्तै बिहीबार राति नै भएको खेलमा आर्सनलले चेक रिपब्लिकको क्लब स्लाभिया प्रागसँग १-१ गोलको बराबरीमा रोकियो ।
घरेलु मैदानमा पहिले अग्रता लिए पनि आर्सनलले त्यसलाई जोगाउन सकेन । खेलको ८६ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर इन्जुरी टाइममा स्लाभियाका टोमस होल्सले गोल गरेपछि आर्सनल जितबाट बन्चित रहह्यो । दुई टिमबीचको दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।
यस्तै अर्को खेलमा इटालियन क्लब रोमाले डच क्लब आयाक्सलाई २-१ ले हराएको छ । घरेलु मैदानमा अयाक्सले पहिले अग्रता लिए पनि कायम राख्न सकेन । डेभी क्लासेनले ३९औं मिनेटमा गोल गर्दै अयाक्सलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा डुसान टाडिकले पेनाल्टी गुमाउँदा अयाक्सले अग्रता दोब्बर पार्ने अवसर गुमायो । उनको प्रहार रोमाका गोलकिपर पाउ लोपेचले बचाए ।
रोमाका लागि ५७औं मिनेटमा लरेन्जो पेलेग्रिनीले बराबरी गोल फर्काए । ८७औं मिनेटमा रोजर इबानेजले गोल गर्दै रोमालाई जित दिलाए ।
स्पयानिस क्लब भियारियलले डिनामो जाग्रेबलाई १-० ले हराएको छ । भियारियलका लागि जेरार्ड मोरेनोले ४४औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय